गठबन्धन पूरै अवधि टिक्ने दाबी गर्दै निधिले भने, ‘अबको प्रधानमन्त्री माधव नेपालनै हो’

काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले सत्तारुढ गठबन्धन आगामी २०८४ सालसम्मै टिक्ने दाबी गरेका छन् । आज (बुधबार) नेपाल प्रेस युनियन दाङ शाखाले घोराहीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तारुढ दलबीच भएको सहमतिअनुसार अबको प्रधानमन्त्री नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल हुने बताए ।

गठबन्धनमा भएको सहमती अक्षरस कायम गर्दै गठबन्धन टिकाउनुको विकल्प नरहेको उनको भनाइ छ । उनले पहिलो चरणमा नेकपा (माओवादी केन्द्र) बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’,दुई वर्ष, दोस्रो चरणमा नेकपा (एस) का अध्यक्ष नेपाल एक वर्ष र बाँकी दुई वर्ष कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने सहमति रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..