विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा कार्यरत प्रहरी कार्यालय सहयोगी राजाराम साफीको श्रीमतीको उपचारको लागी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक चन्द्र कुबेर खापुङले सहयोग रकम हस्तान्तरण गर्नु भएको छ ।

मृगौला सम्बन्धी रोगबाट पिडित साफिको श्रीमती ४१ बर्षीया उर्मिला कुमारी रजतको दुबै मृगौला फेल भएको हुँदा निजको उपचारमा सहयोग पुगोस भन्ने हेतुले यस कार्यालयका पुर्व प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा कार्यरत प्रहरी कर्मचारीहरु, र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट संकलन भएको नगद १ लाख १ हजार १ सय १० रुपैयाँ आज प्रदेश प्रहरी प्रमुख खापुङले साफिलाई हस्तान्तरण गर्नु भएको हो ।




