नेपाल प्रहरीलाई लात्ती हान्ने अध्यागमनका अधिकृत मोक्तान पटक–पटक विवादमा परेको खुलासा

काठमाडौं । शुक्रबार प्रहरीसँग विवाद गरेका अध्यागमन अधिकृत छायालाल मोक्तान यसअघि पनि विमानस्थलमा पटक–पटक विवादमा परेका अधिकृत भएको खुलेको छ । यसअघि विमानस्थलमै कम्तीमा दुईपटक उनले अन्य निकायसँग झगडा गरेको विमानस्थल स्रोत बताउँछ ।

गत २६ पुसमा टर्मिनल ड्युटी अफिसर गोपाल घिमिरेमाथि समेत उनले कुटपिट गरेका थिए । डिपार्चर कक्षमा यात्रुहरूको भिड भएको विषयमा कुरा गर्न जाँदा सुरुमा हात हालेको र पछि माफी मागेको विमानस्थल स्रोत बताउँछ । त्यसअघि पास शाखाका कार्यरत कर्मचारी नारायण कोइरालासँग उनको झगडा भएको थियो । ‘म अध्यागमनको अधिकृत हुँ, मलाई पास नदिने’ भन्दै उनले झगडा गरेको थिए ।

शुक्रबार ड्युटी सकेर निस्किने क्रममा प्रहरीले खानतलासी गर्न खोज्दा उनले प्रहरी जवानलाई असहयोग गरी गाली गरेपछि विवाद भएको थियो । त्यसपछि कुटाकुट भएको थियो । विवाद हुँदा उनले सुरुमा लात्तीले प्रहरीलाई हानेको सिसिटिभी फुटेजमा देखिएको छ ।

पछि सिसिक्यामेराको मोनिटर कक्षमा पनि कर्मचारी र प्रहरीबीच कुटाकुट भएको थियो । कर्मचारीहरूले भने प्रहरीले कुटेको विरोधमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको अध्यक्षतामा छानबिन समिति बनाएको छ । समितिले मंगलबार प्रतिवेदन बुझाउने तयारी गरेको छ । प्रहरीले भिजिट भिसा सेटिङमा अध्यागनका कर्मचारीमाथि मुद्दा प्रक्रिया अघि बढाइरहेका वेला विमानस्थलमा प्रहरी र अध्यागमन कर्मचारीबीच विवाद बढेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..