मन्त्रालयमा प्रदेश सचिवलाई स्वागत

धनुषा । गृह संञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेशले मन्त्रालयमा सरुवा भई आएका प्रदेश सचिबलाई स्वागत तथा सम्मान गरिएको छ ।

शुक्रवार मन्त्रालयमा मन्त्री मोहम्मद समिमको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालयका प्रदेश सचिब विरेन्द्रकुमार यादबलाई स्वागत तथा सम्मान गरिएको हो । कार्यक्रममा मन्त्री समिमले सचिबको सफल कार्यकालको शुभकामनाका साथै मन्त्रालयको बस्तुस्थिती वारे जानकारी गराएका थिए । उनले प्रदेशका सबै मन्त्रालय भन्दा गृह सञ्चार तथा कानुन मन्त्रालय महत्वपूर्ण भएको बताएका थिए ।

सचिब यादबले सबैसँग परामर्श तथा सल्लाहा बमोजिम काम गर्ने भएकोले सबैको सहयोग अनिर्वाय रहेको बताए । उनले कतै बढी र कतै कर्मचारी हुने गरेकोले आवश्यक ठाउँमा कर्मचारी परिचालन गरी ब्यवस्थापन गरिने बताए । सम्मान कार्यक्रम पश्चात सचिवले मन्त्रालय निरिक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..