जापानमा डुङ्गा दुर्घटनामा हुँदा दश जना घाइते

टोकियो । बिहीबार साँझ जापानको योकोहामा बन्दरगाहमा डुङ्गा सामुद्रिक किनारमा भू–क्षय रोक्न बनाइएको वालमा ठोक्किँदा दश जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

जापानको तटरक्षकले योकोहामा बन्दरगाहबाट पाहुनालाई रातको दृश्यको आनन्द दिनका लागि प्रस्थान गरेको मोटरबाट चल्ने डुङ्गा सामुद्रिक किनारमा ठोक्किएर डुबानमा परेको जापानी दैनिक मैनिची सिम्बुनले शुक्रबार जनाएको छ ।

योकोहामा शहर अग्नि नियन्त्रण विभागका अनुसार डुङ्गा दुर्घटनामा घाइते १० जनालाई नै तत्काल अस्पताल लगिएको छ । उनीहरूमध्ये दुई जना गम्भीर घाइते भएका र अन्य आठ जना सामान्य घाइते भएका बताइएको छ ।

कार्यालयका अनुसार जहाजमा १३ जना यात्रु र चालक दलका सदस्यहरू थिए ।

जहाज त्यो साँझ योकोहामा बन्दरगाहबाट कावासाकी सहरका लागि निस्किएको र योकोहामा फर्कँदै गर्दा सामुद्रिक किनारामा ठोक्किएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..