सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा मतदान

धनगढी । राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मतदान गर्नु भएको छ ।

उहाँले आज बिहान मतदान केन्द्र पुगेर मतदान गर्नु भएको हो । राष्ट्रियसभा सदस्य चयनका लागि सुदूरपश्चिम प्रदेशमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ । मतदान ३ बजेसम्म जारी रहने छ ।

राष्ट्रियसभा सदस्य हरिराम चौधरी, इन्दु कडरिया र महेशकुमार महराको पदावधि आगामी फागुनमा सकिन लागेकाले रिक्त हुने पदका लागि निर्वाचन गर्न लागिएको हो ।

सुदूरपश्चिममा सत्ता गठन्धनको तर्फबाट नेपाली कांग्रेसबाट नारायणदत्त भट्ट (कैलाली), बलदेव बोहरा (कञ्चनपुर) र नेकपा (माओवादी केन्द्र) का रेणु चन्द (बैतडी) उम्मेदवार हुनुहुन्छ ।

यसैगरी, नेकपा (एमाले) कैलालीका रामचन्द्र जोशी, सावित्रा घिमिरे र कञ्चनपुरका ईश्वरीप्रसाद खरेल चुनावी मैदानमा उत्रिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..