नेपाल क्रिकेट संघले सन्दीपलाई गर्‍यो निलम्बन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट गतिविधिबाट निलम्बन गरेको छ । अध्यक्ष चतुरबहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै अदालतले दोषी ठहर्‍याएको हुँदा निलम्बन गरिएको बताएका छन् ।

जिल्ला अदालत काठमाडौले सन्दीपलाई पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । हिजो गरिएको सजाय निर्धारणमा उनलाई ८ वर्ष कैदसहित ५ लाख जरिवाना र क्षतिपूर्तिको आदेश सुनाएको छ ।

हिजोको सजाय निर्धारण लगत्तै सन्दीपले क्यानलाई पत्राचार गरेर माथिल्लो अदालतबाट सफाइ नपाएसम्म क्रिकेटबाट अलग रहने स्वघोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..