कोशीमा साझा सभामुख बन्दै राप्रपाका विष्ट

काठमाडौं । कोशी प्रदेश सभाको सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । आज दिउँसो ३ बजे मतदानको कार्यतालिका रहेको छ । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलको बैठकले सभामुखका लागि उम्मेदवार नउठाउने निर्णय गरेको छ । त्यस्तै, सत्तारुढ गठबन्धन दलहरुले पनि सभामुखमा उम्मेदवार नउठाउने निर्णय गरिसकेका छन् ।

सत्तारुढ गठबन्धन दलहरुले सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारलाई सघाउने निर्णय गरेका छन् । त्यस्तै, एमाले प्रदेश संसदीय दलको बैठकले पनि सभामुखमा गठबन्धन दलबाहेकका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ ।

राप्रपाले सभामुखमा झापाबाट निर्वाचित अम्बरबहादुर विष्टलाई उम्मेदवार बनाउने भएको छ । विष्टलाई सत्तारुढ दल र प्रमुख विपक्षी दलले समेत समर्थन गर्दा उनी सबैका साझा सभामुख बन्ने निश्चितप्रायः भएको छ । उनी निविरोध सभामुखमा निर्वाचित हुने सम्भावना देखिएको छ । तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि कोशीमा लामो समयदेखि सभामुख पद रिक्त छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..