आईजी कुँवर भन्छन्, ‘सुरक्षा निकायमाथि हुने लगानी समृद्धिको यात्रातर्फको एक कोशेढुंगा हो’

पाल्पा । नेपाल प्रहरी महानिरीक्षक (आइजी) बसन्त कुँवरले स्रोत साधन र संरचनाहरूको अभावमा समेत कुनै सम्झौता नगरी नेपाल प्रहरीले आफ्ना जिम्मेवारी पूरा गर्दै आएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पा परिसरमा नवनिर्मित निवास, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको आइतबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नवनिर्मित संरचनाहरूले अब प्रहरीलाई थप हौसला उर्जा र मनोवलका साथ व्यवसायिक तवरले स्तरीय सेवा प्रवाह गर्न मद्दत मिल्ने विश्वास व्यक्त गरे ।

संगठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धिदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगबाट संगठनलाई संस्थागत रूपमा मजबुत, दक्ष र सक्षम बनाउन नेपाल प्रहरी प्रधान कार्यालय सदैव कटिवद्ध र प्रयासरत रहेको उनको भनाई छ ।

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी दक्ष, सक्षम र व्यावसायिक हुनु भनेको राज्य र आमनागरिकहरू लाभान्वित हुनु हो र यसले समस्त देश र दीगो विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह हुने निश्चित रहेको उल्लेख गरे ।

सुरक्षाको अभावमा शान्ति र शान्तिको रिक्ततामा समृद्धि प्राप्तिको यात्रा पक्कै पनि सहज नहुने चर्चा गर्दै उनले भने, ‘सुरक्षा निकाय उपर हुने लगानी अन्तत: राष्ट्रको समृद्धिको यात्रातर्फको एक कोशेढुंगा हो भनेर सबैले बुझ्न जरूरी छ ।’

यस्तै उनले जिल्ला प्रहरी कार्यालय पाल्पा परिसरमा निर्मित भवनहरूको निरीक्षण समेत गरेका थिए । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रशंसापत्र प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..