नेपाली क्रिकेट टिमलाई विश्वकप तयारीका लागि भारतको सहयोग रहने विदेशमन्त्री जयशंकरको विश्वास

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेपाली क्रिकेट टिमलाई टी २० विश्वकपमा छनोट भएकोमा बधाई दिएका छन् । साथै, नेपाली टिमलाई विश्वकप तयारीका लागि भारतको सहयोग रहने विश्वास दिलाएका छन् ।

नेपाली क्रिकेट खेलाडी र क्यानका पदाधिकारीसँगको भेटवार्ताबारे जानकारी दिँदै उनले यस्तो विश्वास दिलाएका हुन् । उनले क्रिकेट टोलीका सदस्यहरु र क्यानका पदाधिकारीसँग अन्तरक्रिया गर्न पाउँदा खुशी लागेको उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा सो भेटवार्ताबारे जानकारी दिँदै नेपालमा क्रिकेटको विकासका लागि भारतको सदैव साथ रहने प्रतिबद्धता जनाएका छन् । उनले एक्समा लेखेका छन्-

नेपाली क्रिकेट टोलीका सदस्यहरू र @CricketNep सँग अन्तरक्रिया गर्न पाउँदा खुशी लाग्यो।

टी-२० विश्वकपमा छनोट भएकोमा वहाँहरुलाई हार्दिक बधाई दिदै वहाँहरुको विश्वकप तयारीका लागि भारतको सहयोग रहने विश्वास दिलाएँ । नेपालमा क्रिकेटको विकास लागि भारतको सदैव साथ रहने प्रतिवद्धता जनाएँ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..