राष्ट्रिय सभामा एमालेलाई पनि भाग दिनेबारे छलफलले एकीकृत समाजवादीका नेता सशंकित

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेलाई पनि भागबण्डा दिनेगरी सत्ता गठबन्धनमा छलफल अगाडि बढेपछि नेकपा (एकीकृत समाजवादी) का नेताहर सशंकित भएका छन् । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय सभामा एमालेलेलाई शून्य नबनाउनुस्, मिलेर जाउँ’ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव सत्तारुढ गठबन्धन दलको बैठकमा सुनाएका थिए ।

उक्त प्रस्तावमाथि आज विहान माओवादी र नेपाली कांग्रेसका नेताबीच पनि छलफल भएको थियो । तर, एमालेलाई राष्ट्रिय सभामा भागबण्डा दिने वा नदिने भन्नेबारे गठबन्धनमा टुंगो लागिसकेको छैन ।

एकीकृत समाजवादीका नेता राजेन्द्रप्रसाद पाण्डेले एमालेले भाग माग्नुका पछाडिको हिडेन इन्ट्रेस्ट बारे आशंका व्यक्त गरे । उनले एमालेको खास प्रस्ताव गठबन्धन दलबीच छलफल भएरमात्रै निर्णयमा पुग्नुपर्ने बताए ।

‘सहभागी गराएर जानेकी भन्ने खाल्को कुरा प्रधानमन्त्रीज्यूसँग एमाले अध्यक्षज्यूले हामीलाई शून्य नगर्नुस्् भन्नुभयो भन्ने खाल्को कुरा आयो । हामीले सबै दलसँग सल्लाह गरेर उहाँहरुको खास प्रस्ताव के हो भनेर बुझेरमात्रै टुङ्गो लगाउन भनेका छौं,’– बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पाण्डेले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..