चिहानबाट किशोरीको शव निकालेर अभियुक्त पक्राउ गर्ने इन्सपेक्टर सम्मानित

सर्लाही । हरिवनमा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) अनिलराज गिरी मंसिर महिनामा जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएका छन् । हरिवनमा भएको एउटा अपराधको सफल अनुसन्धान गरेका गिरीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले गएको मंसिर महिनाको ‘पुलिस अफ दि मन्थ’ घोषित गरेको हो ।

मलंगवामा आयोजिक एक कार्यक्रममा सर्लाहीका प्रहरी प्रमुख एसपी प्रवीण धितालले इन्सपेक्टर गिरीलाई प्रमाणपत्र र नगदसहित पुरस्कृत गरेका छन् । हरिवन नगरपालिका– ११ बालगंगाकी १७ वर्षीया तबसुन खातुनको शंकास्पद मृत्युमा गिरीले सफल अनुसन्धान गरेर अभियुक्तलाई कानूनको कठघरामा ल्याएका थिए । उक्त अपराधको सफल अनुसन्धान गरेका कारण उनलाई पुरस्कृत गरिएको एसपी धितालले बताए ।

बालगंगा निवासी शेष ईर्सादकी छोरी १७ वर्षीया खातुनको केही समयअघि हत्यापछि गुपचुप रुपमा परिवारका सदस्यले शव घर नजिकैको चिहानमा लगेर गाडेका थिए । प्रहरी अनुसन्धानको क्रममा खातुनको हत्यामा उनकी आमा सकिना खातुन र शेष चाँद भनिने शेख मिर हमजाको संलग्नता खुलेको छ । उनीहरु दुवै यतिबेला पुर्पक्षको लागि कारागारमा छन् ।

‘१७ वर्षीया तबसुन खातुनको शंकास्पद मृत्युमा चिहानमा गाडेको शव उत्खनन गरी घटनाको गहन अनुसन्धानपछि आमा सकिना खातुनलाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउन सफल भई उत्कृष्ट अनुसन्धान गरेको, सो वारदातमा संलग्न फरार प्रतिवादी हमजाले झुठा विवरणको आधारमा नागरिकता र राहदानीसमेत लिएको देखिएको घटनाकोसमेत सफल अनुसन्धान गरी संगठनको छविलाई उच्च राख्न प्रशंसनीय काम गरेको हुँदा उक्त कार्यको मूल्यांकन गर्दै प्रहरी निरीक्षक गिरीलाई ‘पुलिस अफ दि मन्थ’ घोषित गरिएको छ,’ एसपी धितालले इन्सपेक्टर गिरीलाई प्रदान गरेको प्रशंसा पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..