सरकारको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले भोलि राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री दाहालले सरकारको नेतृत्व गरेको भोलि पुष १० गते मंगलबार एक वर्ष पुग्दैछ ।

सोही अवसरमा प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जनताको नाममा सम्बोधन गर्ने भएका हुन् ।

सम्बोधन भने दिउँसो ३ बजे हुने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । सो क्रममा प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा भएका यो एक वर्षका कामका फेहरिस्त सार्वजनिक गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..