प्रधानमन्त्री प्रचण्डले गरे देउवा र ओलीसँग टीआरसी टुंग्याउने विषयमा छलफल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा तीन नेताबीच छलफल भएको हो । तीन नेताबीच सङ्क्रमणकालीन न्यायको विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको ।

शान्ति प्रक्रियाको बाँकी काम टुंगो लगाउन तयार पारिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ संशोधन विधेयक (टीआरसी) हाल संसदको कानुन न्याय तथा मानव अधिकार समितिमा विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..