प्रचण्डलक्षित रवि लामिछानेको टिप्पणी : चप्पल पड्काएर आएका नेताका नाति/नातिनीहरुको विवाह पाँचतारे होटलमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेसम्म चुनाव जितेका नेताहरुले मात्रै जितेको र जनताले हारेको टिप्पणी गरेका छन् । स्याङ्जाको भीरकोटमा आयोजित पार्टीको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले देश र जनताले हारेको टिप्पणी गरे ।

देश र जनताले हारेको कुरा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँ हजारौंको संख्यामा युवाहरु विदेश पलायन भएको दृश्यले देखाएको उनको भनाई छ ।

उनले हिजो चप्पल पड्काएर आएका नेताका छोरा/छोरी र नाति नातिनीहरुको आज पाँचतारे होटलमा विवाह, ब्रतबन्ध र भोजभतेर गर्न सक्ने भएको र जनता आफ्नो उपचार गर्नको लागि घरबार बेचेर छोराछोरी विदेश पठाउन बाध्य भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..