मिटर ब्याज पिडीत यादवलाई आत्मदाह गर्न बाध्य बनाएर सुर्खेत भागे डा.तारणी प्रसाद यादव

के सन्तोष यादवलाई अदालतले देलान न्याय ?

सिरहा । खुख्यात मिटर ब्याजी मनिक लाल यादवको आफ्नै ससुरा डा.तारणी प्रसाद यादवले मिटर ब्याज पीडित सन्तोष कुमार यादवलाई आत्महत्या गर्न बाध्य बनाएर सुर्खेत भागेका छन् ।

सन्तोषले समस्या परेका बेला मनिकलाल सँग जग्गा धितो राखेर पटक÷पटक गरी ५७ लाख रुपैया ऋण सापटी लिएको जाहेरीमा उल्लेख गरेका छन् । सो वापत उनले लहान नगरपालिका १ स्थित ९ धुर जग्गामा निर्मित ४ तल्ले घर तथा सोही वडामा १२ धुर जग्गामा निर्मित अर्काे एक तल्ले घर धितो वापत मनिकलाल निर राखेका थिए । यतिमात्र होइन ।

आफु सँग मनिकलालले रकम उल्लेख न गरिएको ४ वटा सादा चेकमा जबर्जस्ती हस्ताक्षर गर्न लगाई बुझिलिएको ,एउटा ६० लाखको कपाली कागज , एउटा ७५ लाखको कपाली कागज गरि जम्मा दुई वटा कपाली कागज र त्यसपछि मात्र ऋण सापटी दिन तयार भएको संतोषले जाहेरीमा उल्लेख गरेका छन् ।

उनले कोरोनाकालमा ब्यापार व्यवसाय चौपट भएको तथा समस्या पर्दा मनिकलालले भने अनुसारको कागज तथा सादा चेकमा हस्ताक्षर गरी बुझाएको बताए । पछि गएर मनिकलालले १ लाखको दैनिक १ हजारका दरले चर्काे ब्याज माग्न थालेको र आफुले सो अनुसारको ब्याज तिर्न नसक्ने बताएपछि मनिकलालले आफुबाट प्राप्त गरेको हस्ताक्षर सहितको चेकमा आफैले १ करोड ४६ लाख ५ सय रुपैया भरेर बैंकमा तीन पटक चेक बाउन्स गराई फसाउन खोजेको सन्तोषले सुनाए । चेक अनादर गराउन बैंकमा जादा बैंकले मलाई खबर गर्दा मानिकलाल यादवलाई सम्झाउदा पनि नमानेको ने विपक्षी उपर प्रस्तुत ठगी र अनुचित लेनदेनको मुद्दा गरेकोमा सो मुद्दा हाल सिरहा जिल्ला अदालतमा दायरी अवस्थामा छ ।

सो अनुचित लेनदेन तथा ठगी मुद्दामा अनुसन्धान क्रममा तारणी यादवको ज्वाइँ मनिकलाल यादव थुनामा रहेको अवस्थामा मनिकलाल यादवको ससुरा तारणी प्रसाद यादव मिति २०८०।६।२४ गते विहान सन्तोष यादवलाई भेटन बोलाएका थिए।

सन्तोष कुमार यादवलाई तारणी यादवले फोनवाट सिरहा नगरपालिकामा राजदेव ओकिलको फर्ममा भेटन बोलाइ सन्तोषलाई तारणीले भन्यो अब जे जसो भयो अव मिलौ मेरो ज्वाईलाई छुटाउनु पर्यो भनि भन्दा सन्तोष यादवले तारणी यादवलाई भन्यो ठिक छ मेरो दुई थान घर जग्गा , चार थान चेक र कपाली काग्ज मलाई फर्काई दियो भन्ने मैले निजको ५७ लाख रुपैया ब्याज सहित दिन्छु भन्दा निज अन्यी अनुचित लेनदेन तथा ठगि मुदाको प्रतिवादी मनिकलाल यादवको ससुरा तारणी प्रसाद यादवले आफ्नो ज्वाइ मनिकलाल यादवलाई थुना मै भेटी निज मनिकलाल यादव पनि सहमत भएको थियो ।

मनिकलाल यादव समहत भएपछि सिरहा बजारमा बसी जिल्ला सिरहा गा. वि. स. भवानीपुर प्र.ध.वार्ड नं.७ हाल न पा धनगढीमाई वार्ड न. १ मा वस्ने हरिदेव यादवको छोरा वर्ष ३५को सन्तोष कुमार यादव जिल्ला सप्तरी न पा बोदेवर्साईन, वार्ड न.८ गाउ रजैपटिमा वस्ने धर्मदेव यादवको छोरा वर्ष ४०को मनिकलाल यादव विच भएको लेनदेन कारोवार सम्वन्धमा निज मनिकलाल यादवले सन्तोष कुमार यादवलाई दिएको ५७ लाखको सयकडा १२ प्रतिशतका दरले हुने रकम सन्तोष कुमार यादवले ४० दिन भित्र निज मनिकलाल यादवलाई दिने र सो रुपैया दिएपछि निज मनिकलाल यादवले सो रुपैया वापतमा पास गराएको जिल्ला सिरहा न पा लहान वार्ड न.१मा पर्ने कि.न. १९७३को ०.०.९ जग्गामा रहेको चार तलाघर र लहान वार्ड न.१ पर्ने ०.०. १२.५ जग्गामा रहेको एकतले घर गरी जम्मा दुई थान घर र चेक र अन्य कागज समेत फिर्ता हुने गरी सम्झौता गरी सो सम्झौता वमोजिम गराउने भनि निज तारणी प्रसाद यादवले समझौता कागजमा सहि छाप गरी सन्तोष कुमार यादवलाई दिएको थियो ।

उक्त अनुचित लेनदेन तथा ठगि मुदामा सन्तोष यादव र तारणी यादव विच मिलापत्र भयो भनि सन्तोष कुमार यादवलाई जिल्ला अदालत सिरहामा तारणी प्रसाद यादवले निवेदन दिन विभिन्न किसिमको दबाब समेत दिएको थियो ।

त्यही मिलापत्रको अधारमा सन्तोष कुमार यादवले जिल्ला अदालत सिरहामा मनिकलाल यादवलाई थुनुवा मुक्त गर्न निवेदन दिएको हो । सन्तोष यादव र मनिक लाल यादवको श्रीमती इन्दु कुनारी यादवले जिल्ला अदालत सिरहामा न्यायाधीश समक्ष समेत हामी दुबै जना मिलि सकेकोले मनिकलाल लाई थुनुवा मुक्त गर्न आग्रह गरेको थियो ।

अदालतको आदेश पछि मनिकलाल यादव ५० हजार धरौटीमा छुटि आएपछी सम्झौता वमोजिम कार्य नगराई तारणी प्रसाद यादव सम्पर्क विहिन रहेको सन्तोषले सुनाए ।
तारणी प्रसाद यादव आफ्नो ज्वाई मनिकलाल यादव संग मिली सन्तोष कुमार यादवलाई नोक्सान पार्ने र ज्वाईलाई फाईदा हुने किसिमले सन्तोष यादवलाई विश्वासमा पारी गफलतमा पारी , मनिकलाल यादवलाई मुदावाट उम्काई सन्तोष यादवको मेरो घर जग्गा ,चार थान चेक र कागज समेत नफर्काई ठगि गरेको हो ।

सुरक्षा खबर संग कुरा गर्दै तारणी प्रसाद यादवले भन्यो हो म सहमति कागज बनाइ दिएको छु , केही दिनमा सन्तोष कुमार यादवको दुबै घर , चेक र कागज फिर्ता गर्छु ।

तारणी यादव ठगि गरि भागे पछि सन्तोष यादवले लहानमा आत्मदाह को प्रयास समेत गरेको थियो । के सन्तोष यादवलाई अदालतले देलान न्याय ?

मनिकलालको चर्काे मिटरब्याज तथा चेकमा किर्ते हस्ताक्षरबाट पीडित भएका थप दूई जना पीडितहरु न्यायका लागी सार्वजनिक भएका छन् ।

राजविराज ७ का डा. विवेककुमार झा र राजगढ गाउँपालिका ३ का सोमन साहले मनिकलालबाट सोही प्रकृतिको अपराधबाट आफुहरु पनि पीडित भएको भन्दै न्यायका लागी पहल गरी दिन प्रहरी, अधिकारकर्मी र संचारकर्मीसँग आग्रह गरेका छन् ।

डा. झाले मनिकलालसँग जग्गा धितो राखी पटक/पटक गरी लिएको ७१ लाख ऋण मध्ये ३२ लाख रुपैया बुझाइसकेको तथा करिब १ करोड ५० लाख मुल्य बराबरको जग्गाको कागजात पनि उनै सँगै रहदा पनि चर्काे ब्याज जोडेर मानसिक यातना दिने गरेको गुनासो पोखे । यति मात्र होइन । मनिकलालले एक दिन गाडीको डिक्कीमा राखिएको चेक बुक चोरेर आफैले मेरो नामको नक्कली हस्ताक्षर गरी १ करोड ९५ लाख रकम भरेर बैंकबाट चेक बाउन्स गराई मलाई बैकिङ कसुर मुद्दामा फसाउन खोजको डा. झाको भनाई छ ।

उनले पनि मनिकलालले १ लाखको दैनिक १ हजारको दरले ब्याज जोड्ने गरेको सुनाए । चोरी भएको आफ्नो चेकमा नक्कली हस्ताक्षर भएको कुरा राष्ट्रिय विधीविज्ञान प्रयोगशालाले समेतले परिक्षण गरी प्रमाणित गरीदिएको उनले बताए । उनले प्रहरीमा मनिकलाल विरुद्ध दिएको जाहेरीमा समेत उक्त परिक्षण रिर्पोट प्रमाणका रुपमा पेश गरेका छन् ।

यस्तै मंगलवार नै सप्तरीको राजगढ गाउँपालिका ३ का सोमन साहले आफु पनि मनिकलालको चर्काे मिटरब्याजबाट पीडीत भएको गुनासो पोखेका छन् । उनले आफुले मनिकलाल संग पटक पटक गरी २५ लाख रुपैया ऋण सापटी लिएको सुनाए । सो वापत २ करोड १० लाखको कागजात तथा ९७ लाखको चेक धरौटी वापत मनिकलालले लिएको उनको भनाई छ ।

उनले पनि आफुसंग १ लाखको दैनिक १ हजारका दरले मनिकलालले माग्न थालेपछि समस्यामा परेको गुनासो पोखे । उनीहरुले मिटरब्याज तथा किर्ते हस्ताक्षर गरी आफुहरुलाई उठिवास गराउन खोज्ने साहुकार मनिकलालमाथी कडा कारवाहीका लागी पहल गरीदिन सबै सँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..