हाम्रा मुद्दा बोक्छन् भने प्रचण्डलाई पनि साथ दिन तयार छौं : राप्रपा नेता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद दीपकबहादुर सिंहले संवैधानिक राजसंस्था, सनातन सापेक्ष हिन्दुराष्ट्रको पक्षमा र संघीयता खारेजीका लागि सडकमा जनसागर उत्रिएको बताएका छन् ।

‘काठमाडौं, बिर्तामोड जता जानोस्, सडकमा हामीभन्दा पनि नेपाली जनता आइरहेका छन् । संवैधानिक राजसंस्था, सनातन सापेक्ष हिन्दुराष्ट्रको पक्षमा र संघीयता खारेजीका लागि जनताले सडक तताउँछन्, हामी संसद् तताउँछौं । व्यवस्थाको विकल्प नखोजेको भए सडकमा जनसागर देखिन्थ्यो र ?’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।

दुर्गा प्रसाई समूहको आन्दोलनलाई राप्रपाको समर्थन रहेको पनि सिंहले बताए । उनले भने, ‘दुर्गा प्रसाईको आन्दोलनमा राप्रपाको समर्थन छ । उहाँले पूर्वराजा र राप्रपाले साथ नदिए ब्याक हुन्छु भनेको मैले सुनेको छैन । यो कुरा कहाँबाट आएको छ, कसरी मलाई थाहा छैन । हाम्रो मुद्दा बोक्छन् भने दुर्गा प्रसाई त के, प्रचण्डलाई पनि साथ दिन तयार छौं ।’
गणतन्त्रको विनाश गणतन्त्रवादीले नै निम्त्याएको सांसद सिंहले बताए । उनले भने, ‘पैसा खाएर ज्यानमारालाई खुलेआम माफी मिनाहा दिइएको छ ।

रद्दीको टोकरीमा फालिसकेको नागरिकता विधेयक राष्ट्रपतिले भारतजानु एकछिन अगाडि प्रमाणीकरण गरे । अहिले बाटोमा हिँड्नेलाई पक्रेर थुनिरहेको छ । टियर ग्यास र पानीको फोहोरा हानेको छ । जनतालाई बोल्ने अधिकार छ कि छैन ? गणतन्त्रको नाश गरेको गणतन्त्रवादीले नै हो । गणतन्त्रवादीले देशले श्रीलंका बनाउन खोजेका छन् क्यारे ।सुनको लंका बनाउन नेताका बाउछोरा मिलेर क्विन्टलका क्विन्टल सुन तस्करी गरिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..