ट्राभल कम्पनीको सिस्टम ह्याक गरेर २ करोड ठगी

काठमाडौँ । काठमाडौँको एक ट्राभल कम्पनीको सिस्टम ह्याक गरेर करिब २ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा घर भई हाल सामाखुसी बस्ने ३३ वर्षीय नारायण सुवेदी रहेका छन् ।

मर्स्याङ्दी ट्राभल्सका म्यानेजर रहेका सुवेदीले कार्तिक १८ गतेदेखि मङ्सिर २ गतेको अवधिमा बालुवाटारमा रहेको जियोल्याण्ड ट्राभल्स एन्ड टुर्स प्रालिको युजर आईडी पोर्टल ह्याक गरी जजिरा एयरलाइन्स र एयर अरेबिया एयरलाइन्सको ३३७ जना विभिन्न व्यक्तिहरूको नाममा टिकट काटेका थिए ।

उनले उक्त टिकट बराबर १ करोड ९९ लाख ८२ हजार ९८४ रुपैयाँ यात्रीहरूबाट लिई जियोल्याण्ड ट्राभल्सलाई ठगी गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको हो ।प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार सुवेदीलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..