काठमाडौं । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिकलाई कोकिनसहित पक्राउ गरेको छ।कतारको दोहाबाट काठमाडौं आएको जहाजकी एक जना यात्रुको साथबाट झन्डै दुई किलो कोकिन बरामद गरेको हो ।
ब्यूरोको टोलीले सोमबार बिहान १० बजेतिर भारतीय नागरिकलाई विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।पक्राउ पर्नेमा इथोपियाबाट दोहा हुँदै आएकी भारतको मिजोरोम राज्यकी करिब ३२ वर्षीया नागरिक किमरो साँगी रहेकी छन् ।
किमरोको साथबाट प्रहरीले एक किलो नौ सय ७३ ग्राम कोकिन बरामद गरेको छ।काठमाडौं आएकी उनी भुटान जाने तयारीमा थिइन्। प्रहरीले यसबारे थप अनुसन्धान अघि बढाएको छ।


