बीरगन्जबाट ३८ हजार नेपाली नक्कली नोटसहित २ जना पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले हजारका ३८ थान नेपाली नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ ।
चाडबाडको मौका छोपी नेपाली जाली नोटको कारोबारमा मौलाएको सूचना प्राप्त भएपछि प्रहरीको विशेष टोलीले चलाएको जाँचको क्रममा २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीको टोलीले बाराका उमेश कुमार र पर्साका रिषि पटेललाई पक्राउ गरेको जनाएको छ । दुबै जनालाई घण्टाघरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनीहरुको साथ एक हजारको ३८ थान नक्कली नोट बरामद भएको प्रहरीले बताएको छ ।

खोटा चलन सम्बन्धी मुद्दा अन्तर्गत म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पर्सा प्रहरी प्रमुख कोमल शाहले जनाए ।पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..