ज्यान मार्ने कसुरमा संलग्न रानालाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

काठमाडौं । ज्यान मार्ने कसुरमा संलग्न आकाश रानालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । प्रहरीको खोजी सूचीमा रहेका राना बाँकेको जानकी गाउँपालिकाबाट पक्राउ परेका हुन् । प्रहरीले चलाएको गोली लागेर राना घाईते भएका छन् ।

खोजी सूचीमा रहेका रानालाई पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाउन परेको प्रहरीले बताएको छ । उनको दायाँ खुट्टामा गोली लागेको छ ।

पक्राउ गरेका रानाको समूहले कात्तिक ३० गते विहान कोहलपृुरस्थित चप्परगौडीमा मिनबहादुर विकलाई खुकुरी प्रहार गरी आक्रमण गरेका थिए । खुकुरी प्रहारबाट विक गम्भीर घाईते भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..