नेपाल प्रहरी श्रीमती संघद्वारा भूकम्प पीडितको सहयोगार्थ चेक हस्तान्तरण


काठमाडौं । नेपाल प्रहरी श्रीमती संघले भूकम्प पीडितको सहयोगार्थ ५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँको चेक हस्तान्तरण गरेको छ ।


प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले संघको तर्फबाट उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरणको अवसरमा संघका अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।


जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्प प्रभावितहरूको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषको लागि उक्त रकमको चेक हस्तान्तरण गरिएको उक्त संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..