संखुवासभा । कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धर्मदेवी नगरपालिका २ तामाफोकका बुद्धिराज जिमीलाई प्रहरीले घटनाको १२ वर्षपछि पक्राउ गरेको हो । उनी २०६८ फागुन ३ गते सोही ठाउँका रविन जिमीको हत्या गरेर फरार भएका थिए ।
फरार रहेका जिमीलाई विशेष सूचनाका आधारमा मुढे प्रहरी चौकीले तामाफोकबाट बिहीबार राति पक्राउ गरेको हो । पक्राउ परेका जिमीलाई संखुवासभा जिल्ला अदालतमा उपस्थित गराइएको छ । यो मुद्दा जिल्ला अदालत संखुवासभाले मुल्तबीमा राखेको छ


