नक्कली नेपाली नागरिकता बनाएर जग्गा खरिद गर्ने भारतीय नागरिकविरुद्ध ५ करोड भन्दा धेरै बिगो मागसहित मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली नेपाली नागरिकता बनाएर जग्गा खरिद गर्ने एक भारतीय नागरिक विरुद्ध मुद्दा दाय गरेको छ ।

अख्तियारले आज भारतीय नागरिक अनुप मेहराविरुद्ध ५ करोड ५ लाख रुपैयाँभन्दा बढी बिगो मागसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

मेहराविरुद्ध ५ करोड ५ लाख ४२ हजार रुपैयाँ बिगो मागसहित बिहीवार मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

नवलपरासीको साबिक सनई गाविसमा पर्ने हदबन्दी रोक्का रहेको जग्गा मेहराले नेपाली नागरिक अनुपकुमार खत्री भएर किनेका थिए ।

तत्कालीन प्रमुख मालपोत अधिकृत टीकाराम ज्ञवाली, भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवार, मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, नासु बुद्धिसागर तिवारी, रमेशमान श्रेष्ठलगायतले उनलाई नेपाली नागरिक खडा गरेका थिए ।

नक्कली नेपाली नागरिक खडा गरी सरकारका नाममा आउनुपर्ने ३२ रोपनी जग्गा बेचबिखनमा संलग्न १३ जनाविरुद्ध अख्तियारले यसअघि विशेष अदालतमा मुद्दा दायर गरेको थियो । बिहीवार नक्कली नेपाली भएर जग्गा खरिद गर्ने मेहराविरुद्ध ५ करोड ५ लाख ४२ हजार रुपैयाँ बिगो माग गरी मुद्दा दायर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..