सर्लाहीमा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु, दुई जना घाइते


सर्लाही । जिल्लाको दक्षिण पश्चिम भेगस्थित गोडैता नगरपालिका–८, सिसौटियामा मंगलबार राति ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।गाउँको भित्री सडकमा बाँस लोड गरिएको ना ५ त ६१८२ नम्वरको ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा ट्याक्टरका मालिक तथा चालक गोडैता नगरपालिका–७ का ४० वर्षीय अशेश्वर पटेल र सह–चालक गोडैता नगरपालिका–८ का २८ वर्षीय शंकर पटेलको मृत्यु भएको हो ।

चालक अशेश्वरलाई उपचारका लागि मलंगवाबाट वीरगञ्जतर्फ लैजाँदै गर्दा बाटोमै र सह–चालक शंकरको घटनास्थलमै मृत्यु भएको डीएसपी दीपेन्द्र पन्जियार थारुले बताउनुभयो ।


दुर्घटनामा गोडैता नगरपालिका–८ बस्ने २० वर्षीय रुपेश महतो र रौतहटको परोहा नगरपालिका–८ बस्ने २४ वर्षीय जयप्रकाश पटेल घाइते भएका छन् । उनीहरुको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।मृतक र घाइतेलाई ट्याक्टरले थिचिरहेको अवस्थामा इस्काभेटर प्रयोग गरेर बाहिर निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..