थाइल्याण्ड-भैरहवा पहिलोपटक चार्टर उडान, लुम्बिनी दर्शनलाई आए धर्मगुरुसहितको टोली


काठमाडौं। थाइल्याण्ड-भैरहवा पहिलोपटक अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएको छ। शुक्रबार थाइल्याण्डका धनाढ्य समूह र धर्मगुरुसहित लुम्बिनी दर्शनका लागि प्राइभेट जेट लिएर आएका हुन्।


विमानस्थल प्रमुख हंसराज पाण्डेका अनुसार एम-एलसीएफसी कलसाइनको प्राइभेट जेटमा आएको टोली शुक्रबार नै स्वदेश फर्किएको थियो। ‘यो विमानस्थल संचालनमा आएको १७ महिनापछि पहिलोपटक प्राइभेट जेटसहितको चार्टर्ड उडान भएको हो। उक्त उडान हाम्रो विमानस्थलको सेवा थप विस्तार र मुलुकको पर्यटन प्रवर्धनमा थप टेवा पुर्‍याउन सकारात्मक हो।’


गौतमबुद्धको विशेष पूजाका लागि उक्त समूह लुम्बिनी आएको उनले बताए। भविष्‍यमा भैरहवामा चार्टर्ड उडानमार्फत लुम्बिनी आउने पर्यटककका लागि उक्त उडानले बाटो खोलेको उनको भनाइ छ।
थाई समूहले सीएलो डेल रे कम्पनीको बोइङ ७३७ सिरीजको जेट लिएर आएको थियो। उनका अनुसार उक्त उडानमा १८ जना यात्रु र पाँच जना चालकदलसहित २३ जनाको सहभागिता थियो।


थाई टोलीको यात्रा व्यवस्थापन स्पेसियलाइज्ड टुर एण्ड ट्राभलले गरेको उनले जानकारी दिए।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार गत वर्ष सन् २०२२ को अक्टोबरदेखि चालु वर्ष २०२३ को नोभेम्बरसम्म यहाँ २५ वटा चार्टर्ड उडान भएका छन्। त्यसमा ५० जनाले सेवा लिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..