वीरगञ्ज । वीरगञ्जको घण्टाघर नजिकैको लिङ्क रोडबाट एउटा मोटरसाइकल चोरी भएको छ ।लिङ्करोडस्थित नारायणी एफएमको अगाडिबाट रातो रङ्गको सुजुकीको कम्पनीको जिक्सर ना ५० प ९३२९ नम्बरको मोटरसाइकल शनिवार बिहानको समयमा चोरी भएको हो ।
चोरी भएको मोटरसाइकल पत्रकार नीरज पिठाकोटे मगरको रहेको पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक कोमल विक्रम शाहले बताए ।
एफएमको अगाडि पार्किङ गरेको अवस्थामा जिन्स पाइन्ट, सेतो सर्ट र कालो रङ्गको मास्क लगाएको युवकले मोटरसाइकल चोरी गरेको सिसिटिभिको क्यामरामा देखिएको छ । प्रहरीले मोटरसाइकल खोज्ने कार्य गरिरहेको एसपी शाहले बताए ।


