सशस्त्र प्रहरीद्धारा ठुलो परिमाणमा पटका बरामद


नवलपरासी । सशस्त्र प्रहरीले पश्चिम नवलपरासीको रामग्रामबाट ठुलो परिमाणमा पटका बरामद गरेको छ । सशस्त्र प्रहरीको परासी स्थीत कमान्ड पोष्टको टोलीले रामग्राम १२ कुनुवार बाट प्रदेश ३ ००१ च ११३८ नम्बरको पिकअप र चालक सहित साढे ९ लाख बराबरको पटका नियन्त्रणमा लिएको हो ।

भारतबाट महेसपुर भन्सार नाका हुदै भित्र्याईको पटका विक्रिका लागी लाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको शसस्त्र प्रहरी बल २६ नम्बर गणका प्रहरी नायव उपरिक्षक यज्ञमान साउदले जानकारी दिनुभयो । कमान्ड पोष्टका सशस्त्र प्रहरी निरिक्षक केशव भट्टराईको कमान्डमा रहेको टोलीले तिव्र गतिमा रहेको पिकअपलाई शंका लागी चेकजाँच गर्ने क्रममा पटका फेला परेको डिएसपि साउदले बताउनुभयो ।


बरामद पटका प्रहरीले नष्ट गरेको छ भने पिकअप जिपलाई महेसपुर भन्सार कार्यालयमा बुझाईएको छ । सवारी चालक पाल्हीनन्दन ३ का सुनिल गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएपनि उनि पछि भाग्न सफल भएका छन् । गुप्ताकै सुराकिको आधारमा महेसपुर बजार क्षेत्रको सम्भावित स्थानमा थप पटका रहेको आशंकामा छापा मार्न गएको प्रहरी टोली र स्थानिय बिच तनावको अवस्था सृजना भएपछि गुप्ता भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

महेसपुरमा अवैध रुपमा पट्का भित्र्याएको सुचनाको आधारमा प्रहरीले छापा मार्ने कोसिस गरेपनि स्थानिय प्रहरी माथिनै जाईलागेपछि प्रहरी पछाडी हटेको थियो । पछि शसस्त्र र जनपथ प्रहरीको संयुक्त टोलीले थप खानतलासि गरेपनि कुनै समान फेला नपरेको बताईएको छ ।

चाडपर्व नजिकिए संगै भारतबाट पटका लुकाईछिपाई भित्र्याउने र विभिन्न शहरमा विक्रिका लागी लाने गरिएकाले प्रहरीले चेकजाँच बढाएको छ । शसस्त्र प्रहरीले चाडपर्वलाई लक्षित गरेर सिमावर्ती क्षेत्रमा निगरानी बढाएको सशस्त्र प्रहरी उपरिक्षक धिरेन्द्रराज न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..