मिटर ब्याजी मनिकलाल पक्राउपछि पीडितहरु न्याय पाउने आशमा

सिरहा । मिटर ब्याजी मनिकलाल पक्राउपछि पीडितहरु न्याय पाउने आशमा रहेको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका ३ काचन राजोपट्टी निवासी मनिकलाल यादव पक्राउ परेका हुन् ।

सिरहाको धनगढीमाई नगरपालिका १ हाल लहान नगरपालिका १ वस्दै आएका सन्तोषकुमार यादवको जाहेरीले सिरहा जिल्ला अदालतको आदेशानुसार ४० वर्षिय मनिकलाल यादवलाई पक्राउ गरेको थियो ।

सिरहा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि असोज ८ गते सोमवार साँझ पक्राउ गरी उनलाई सिरहा प्रहरीको जिम्मा लगाइएको थियो ।

यादवमाथी जग्गा,कपाली कागज धितो राखेर चर्काे मिटरब्याज असुली गर्ने र कतिपय ब्यक्तिले लिएको ऋण ब्याज चुक्ता गरी सकेपनि धितो फिर्ता नगरेको आरोप छ ।

पछिल्लो पटक सिरहाका सन्तोषले उनीमाथी दिएको अनुचित लेनदेन तथा ठगी सम्बन्धि कसुर मुद्दा प्रहरी हुदै अदालत सम्म पुगेपछी यादव विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

सन्तोषले समस्या परेका बेला मनिकलाल सँग जग्गा धितो राखेर पटक÷पटक गरी ५७ लाख रुपैया ऋण सापटी लिएको जाहेरीमा उल्लेख गरेका छन् । सो वापत उनले लहान नगरपालिका १ स्थित ९ धुर जग्गामा निर्मित ४ तल्ले घर तथा सोही वडामा १२ धुर जग्गामा निर्मित अर्काे एक तल्ले घर धितो वापत मनिकलाल निर राखेका थिए । यतिमात्र होइन । आफु सँग मनिकलालले रकम उल्लेख न गरिएको ४ वटा सादा चेकमा हस्ताक्षर गर्न लगाई बुझिलिएको ,एउटा ६० लाखको कपाली कागज , एउटा ७५ लाखको कपाली कागज गरि जम्मा दुई वटा कपाली कागज र त्यसपछि मात्र ऋण सापटी दिन तयार भएको संतोषले जाहेरीमा उल्लेख गरेका छन् ।

उनले कोरोनाकालमा ब्यापार व्यवसाय चौपट भएको तथा समस्या पर्दा मनिकलालले भने अनुसारको कागज तथा सादा चेकमा हस्ताक्षर गरी बुझाएको बताए । पछि गएर मनिकलालले १ लाखको दैनिक १ हजारका दरले चर्काे ब्याज माग्न थालेको र आफुले सो अनुसारको ब्याज तिर्न नसक्ने बताएपछि मनिकलालले आफुबाट प्राप्त गरेको हस्ताक्षर सहितको चेकमा आफैले १ करोड ४६ लाख ५ सय रुपैया भरेर बैंकमा तीन पटक चेक बाउन्स गराई फसाउन खोजेको सन्तोषले सुनाए ।

कतै कुनै उपाय नदेखेपछि आफू न्यायका लागी स्थानीय प्रहरी प्रशासन हुदै अदालत सम्म पुगेको सन्तोषको भनाई छ । मनिकलालको चर्काे ब्याजबाट पीडित हुने अन्य ब्यक्तीहरु पनि धमाधम सार्वजनिक हुन थालेका छन् ।

मंगलवार मनिकलालको चर्काे मिटरब्याज तथा चेकमा किर्ते हस्ताक्षरबाट पीडित भएका थप दूई जना पीडितहरु न्यायका लागी सार्वजनिक भएका छन् ।

राजविराज ७ का डा. विवेककुमार झा र राजगढ गाउँपालिका ३ का सोमन साहले मनिकलालबाट सोही प्रकृतिको अपराधबाट आफुहरु पनि पीडित भएको भन्दै न्यायका लागी पहल गरी दिन प्रहरी, अधिकारकर्मी र संचारकर्मीसँग आग्रह गरेका छन् ।

डा. झाले मनिकलालसँग जग्गा धितो राखी पटक/पटक गरी लिएको ७१ लाख ऋण मध्ये ३२ लाख रुपैया बुझाइसकेको तथा करिब १ करोड ५० लाख मुल्य बराबरको जग्गाको कागजात पनि उनै सँगै रहदा पनि चर्काे ब्याज जोडेर मानसिक यातना दिने गरेको गुनासो पोखे । यति मात्र होइन । मनिकलालले एक दिन गाडीको डिक्कीमा राखिएको चेक बुक चोरेर आफैले मेरो नामको नक्कली हस्ताक्षर गरी १ करोड ९५ लाख रकम भरेर बैंकबाट चेक बाउन्स गराई मलाई बैकिङ कसुर मुद्दामा फसाउन खोजको डा. झाको भनाई छ ।

उनले पनि मनिकलालले १ लाखको दैनिक १ हजारको दरले ब्याज जोड्ने गरेको सुनाए । चोरी भएको आफ्नो चेकमा नक्कली हस्ताक्षर भएको कुरा राष्ट्रिय विधीविज्ञान प्रयोगशालाले समेतले परिक्षण गरी प्रमाणित गरीदिएको उनले बताए । उनले प्रहरीमा मनिकलाल विरुद्ध दिएको जाहेरीमा समेत उक्त परिक्षण रिर्पोट प्रमाणका रुपमा पेश गरेका छन् ।

यस्तै मंगलवार नै सप्तरीको राजगढ गाउँपालिका ३ का सोमन साहले आफु पनि मनिकलालको चर्काे मिटरब्याजबाट पीडीत भएको गुनासो पोखेका छन् । उनले आफुले मनिकलाल संग पटक पटक गरी २५ लाख रुपैया ऋण सापटी लिएको सुनाए । सो वापत २ करोड १० लाखको कागजात तथा ९७ लाखको चेक धरौटी वापत मनिकलालले लिएको उनको भनाई छ ।

उनले पनि आफुसंग १ लाखको दैनिक १ हजारका दरले मनिकलालले माग्न थालेपछि समस्यामा परेको गुनासो पोखे । उनीहरुले मिटरब्याज तथा किर्ते हस्ताक्षर गरी आफुहरुलाई उठिवास गराउन खोज्ने साहुकार मनिकलालमाथी कडा कारवाहीका लागी पहल गरीदिन सबै सँग आग्रह गरेका छन् ।सुरक्षा खबर राष्ट्रिय दैनिक

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..