सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतमा आजदेखि निरन्तर सुनुवाइ हुँदै छ । एक नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनीविरुद्ध मुद्दा चलिरहेको छ ।


उक्त मुद्दाको पेशी काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा परेको छ । उच्च अदालत पाटनको आदेशमा थुनामुक्त भई धरौटीमा रिहा भएका लामिछानेको मुद्दाको सुनुवाईमा ढिला हुँदै आएको छ ।

पछिल्लो समय उनी सर्वोच्च अदालतको आदेशमा क्रिकेट खेलन देशबाहिर जान पाएका थिए । उनी हालै मात्र विश्वकप छनोट खेलका लागि जिम्बावे गएर फर्किएका छन् ।


एक नाबालिग किशोरीमाथि उनले गौशालाको एक होटलमा लगेर बलात्कार गरेको अभियोग लागेको छ । गत फागुन १५ गते सर्वोच्च अदालतले सो मुद्दा उक्त मुद्दा फास्ट ट्र्याकबाट किनारा लगाउन आदेश दिए पनि मुद्दाको फैसलामा विभिन्न बहानामा ढिलाइ गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..