लेखापाल र कम्प्युटर अपरेटर घुससहित पक्राउ

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसको रकम लिँदै गर्दा राजविराजबाट नियन्त्रणमा लिएको छ ।


अपरेटर विरेन्द्र कुमार यादव नगद रू. २ लाख र लेखापाल टेकनारायण यादवलाई रू. ३ लाखको चेक सोलार बत्ति जडान लगायतका योजनाको भुक्तानी गरेवापत सेवाग्राहीसंग घुस रिसवत लिईसकेको अवस्थामा पक्राउ परेको स्रोतले जानकारी दियो।


लेखापाल टेकनारायण विष्णुपुर गाउँपालिकासँगै सप्तरी जिल्ला अदालतका लेखापालसमेत हुन् । आयोगको इटहरीस्थित कार्यालयका प्रवक्ता निरज देवले लेखापाल र अपरेटर पक्राउ गरिएको जानकारी आए पनि थप विवरण आइरहेको र त्यसपछि मात्र विस्तृत आउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..