८० वर्षीय सांसद मण्डल कोशी प्रदेश सरकारकाे राज्यमन्त्रीमा नियुक्त


मोरङ । कोशी प्रदेश सरकारमा थप एक राज्यमन्त्रीले बुधबार शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री उद्धव थापाले नेपाली कांग्रेसबाट गयानन्द मण्डललाई उद्योग कृषि तथा सहकारी राज्यमन्त्रीमा थपेका हुन् ।


यसअघि मुख्यमन्त्री थापाले काँग्रेसका प्रदीपकुमार सुनुवार खानेपानी, सिञ्चाई तथा ऊर्जा मन्त्रालय, माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, नेकपा (एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।


नवनियुक्त राज्यमन्त्री मण्डल प्रदेशसभाकै सबैभन्दा जेष्ट सदस्य हुन् । ८० वर्षीया मण्डल मोरङ – ५ को प्रदेशसभा १ बाट निर्वाचित सांसद हुन् ।यो सँगै कोशी प्रदेशमा मन्त्रिमण्डलको संख्या ६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..