महामन्त्रीको प्रतिवेदन एनजीओको ‘विसलिष्ट’ जस्तो भयो : कांग्रेसकी केन्द्रिय सदस्य राणा

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदन एनजीओको ‘विसलिष्ट’ जस्तो भएको टिप्पणी गरेकी छन् ।

केन्द्रीय समितिको चौथो दिनको बैठकमा पहिलो वक्ताका रुपमा बोलेकी सभापति शेरबहादुर देउवा पत्नी आरजुले भनिन्, ‘राजनीतिक दस्तावेज भन्दा पनि एनजीओको ‘विसलिष्ट’ जस्तो लाग्यो । धेरै कार्यक्रम भए, यिनीहरुको उपलब्धी के हो त ? क्लियर भएन ।’

दूरगामी प्रभाव पार्ने वा देशलाई हाँक्ने योजना महामन्त्रीको प्रतिवेदनमा नदेखेको उनले बताइन् । महामन्त्रीको प्रतिवेदन राजनीति दस्तावेज पनि हुन्छ होला भनि सोचेंको तर त्यस अनुसार नआएको उनको गुनासो छ ।

नेपाली कांग्रेस एजेण्डा सेट गर्ने पार्टी भएकोले त्यस अनुुसारको प्रतिवेदन आउनुपर्ने उनको धारणा थियो । ‘राजनीति कस्तो हुने, यहाँको अर्थतन्त्र कस्तो हुने? समाज कस्तो हुने भन्ने एजेण्डा सेटिङ जहिले पनि नेपाली कांग्रेसले गरेको छ,’ बैठकमा राणाले भनिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..