मिर्चैया नगरपालिकामा एक बर्षमै इन्धन र सवारी मर्मतमा १ करोड १५ लाख ‘स्वाहा’

मिर्चैया । सिराहाको मिर्चैया नगरपालिकामा एक बर्षमै जनप्रतिनिधिले इन्धन मा ७१ लाख ३३ हजार ५ सय ९९ रुपैयाँ र सवारी मर्मतमा ४४ लाख १० हजार ४ सय ७० रुपैया गरि जम्मा १ करोड १५ लाख ४४ हजार ६९ रुपियाँ खर्च गरेको पाइएको छ ।

सुरक्षा खबर राष्ट्रिय दैनिकलाई प्राप्त विवरणअनुसार मिर्चैया नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ मा सो रकम खर्च गरेको पाइएको हो ।

मिर्चैया नगरपालिका मेयर श्रवन कुमार यादवको हस्ताक्षर र नगरपालिकाको छाप लागेको कुपनको आधारमा मात्रै इन्धन (डिजल र पेट्रोल) उपलब्ध हुँदै आएको छ ।

मेयर यादवले आवश्यकताभन्दा पनि मनोमानी ढंगले कुपन काटेर नगरपालिकाको बजेट दोहन गर्दै आएको कर्मचारी स्रोतको दाबी छ ।

उनले इन्धन खपत भएको ‘लगबुक’ समेत नराखिएको बताए । ‘उसो त आर्थिक पाटोसँग जोडिएका प्रायःजसो सबै विषय कर्मचारीसँगै जोडिएको हुन्छ र फजुल खर्च नियन्त्रण गर्ने दायित्व पनि कर्मचारीकै हो तर इन्धनको ‘कुपन’मा मेयर ज्यूको मनोमानी छ’, उनले भने– ‘उहाँ आफ्नै निजी सम्पत्तिसरह अन्धाधुन्ध इन्धनको नाममा पैसा सकाइरहनुभएको छ ।’

त्यस्तै, नगरपालिकामा मर्मततर्फ पनि सोही अवधिमा सवारीसाधन मर्मतका लागि ४४ लाख १० हजार ४ सय ७० रुपियाँ खर्च गरेको छ ।

यस बिषयमा प्रीतकृया लिनको लागि पटकपटक प्रयास गर्दापनि मिर्चैया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिजय कुमार महतो सम्पर्कमा आउन चाहेनन्

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..