नक्कली शरणार्थी प्रकरणमा पनि जोडिए अमेरिकी नागरिक ठगी गर्ने पृथ्वी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी धन्दामा संलग्न पृथ्वीबहादुर शाहको नाम जोडिएको बताएका छन् ।

आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको अन्तराष्ट्रिय छवि धुमिल्याउने शाहको नाम पनि यस प्रकरणमा जोडिएकाले उचित छानविन गर्न माग गरेका हुन् ।

‘नक्कली भुटानी शरणार्थी बारे कानुनी प्रक्रिया अगाडि बढ्दै गर्दा त्यो सँग मुलुकको अन्तराष्ट्रिय छवि धुमिल्याउने पृथ्वी शाहको फ्रड केस पनि जोडिएको समाचार आएको छ,’– सांसद् वाग्लेले भने ।


अमेरिकन नागरिकहरुलाई ठगी गरेको आरोपमा पक्राउ परेको शाह अहिले जेलमा छन् । उनले ठगी गरी नेपाल ल्याएको रकममध्ये १ करोड २८ लाख ९३ हजार ८५ रुपैयाँ बैंकहरुमा रोक्का रहेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ गरिसकेका छन् भने १२ जना प्रतिवादी फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..