बैंकमा थुप्रियो दुई सय किलो सुन, आयातको सिफारिस दिन बन्द


काठमाडौं। सुनको माग नभएपछि आयात भएको सुन बैंकमा स्टक बस्न थालेको छ। बजेट अघि र पछि आयात भएको सुन बजारमा माग नभएका कारण स्टक बसिरहेको बैकर्स संघले जनाएको छ।जेठ महिनापछि बजारमा सुनको कारोबारमा कमी आएको छ।

बजेटमा करको दर बढेपछि व्यवसायीले पनि बैंकबाट सुन खरीद गर्न छाड्दा स्टक बस्न थालेको संघकी कर्मचारी सविना श्रेष्ठले बताईन्।उनका अनुसार बैंकसँग अहिले दुई सय किलो सुन स्टक छ। एक सय किलो बजेट आउनुअघि र एक सय किलो सुन पछि आएको उनले जानकारी दिईन्। माग नआएपछि सुन आयातको नयाँ सिफारिस दिन रोकेको श्रेष्ठले जानकारी दिईन्।

जेठ महिनामा अन्य समयको भन्दा कम सुन कारोबार हुने गर्छ। बजेटबाट सुनको भन्सार दर ५ प्रतिशतले बढेर १५ प्रतिशत पुगेको छ। थप २ प्रतिशत बिलासी कर लागेको छ। यो करसँगै सुनको मूल्य पनि आकासिएको छ।


सुनको मूल्य तोलाको १ लाख १३ हजार रुपैयाँ पुगेको छ। उपभोक्ता पनि महँगो मूल्यकै कारण किन्न चाहिरहेका छैनन्। नेपाल सुनचाँदी व्यवसायी महासंघले बजेट अघि आयात भएको सुन पूरानै भन्सार दर अनुसार दिन माग गरेको छ।महासंघले पूरानै मूल्यमा सुन दिन भन्दै पत्राचार समेत गरेको छ। पहिला खरीद गरेको सुनको मूल्यमा नयाँ भन्सार दर कायम गरे नकिन्ने जानकारी महासंघले संघलाई दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..