एमाले, रास्वपा र राप्रपाले अवरद्ध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । आज बसेको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बैठक नेकपा एमाले, रास्वपा र राप्रपाका सांसदहरुले अवरुद्ध गरेपछि एक घण्टाको लागि स्थगित भएको हो ।

सांसदहरूले बैठक सुरु हुनुअघिदेखि अवरोध गरिरहेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्दा प्रक्रिया नपुर्याएको भन्दै सांसदरुले विरोध जनाएका हुन् ।

बैठकको सुरुमै एमालेका प्रमुख सचेतक पदम गिरीले नागरिकता विधेयक प्रमाणिकरणमा संविधानको उल्लंघन भएको र फुलबारी नाकाको साटोमा कालापानी छाड्न तयार रहेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा जवाफ नदिउन्जेल चल्न नदिने बताएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नागरिकता पाउनु नेपालीको अधिकार भए पनि जुन प्रक्रियाबाट प्रमाणीकरण गरिएको छ त्यसको विरोध गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..