मेयर चौधरीमाथि झुठो आरोप लगाउँदै प्रदेशसभा सदस्य दास

लहान । विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा आइतबार विद्यालयका बालिकाहरुको स्वच्छता अभियान अन्तर्गत पशुपति माविमा महिनावारी तथा सरसफाई प्रदर्शनी मेला आयोजना भएको थियो ।

त्यहाँ कार्यक्रम संचालकबाट भएको त्रुटीलाई जोडेर मेयर महेश चौधरीमाथि प्रदेशसभा सदस्य ललिता दासले झुठो आरोप लगाउँदै आएको छ । 

‘प्रदेशसभा सदस्य दास ज्युलाई आशन ग्रहण गराउने क्रममा कार्यक्रम संचालकले मर्यादाक्रम मिलाउन सकेका थिएन । त्यो त्रुटी भएको हो । हामीलाई सच्याउन मौका पनि नदिई उहाँ तुरुन्तै अन्त कार्यक्रममा हिड्नुभयो,’विनोद विसुन्केले भने,‘मेयर चौधरीले कार्यक्रममा दास ज्युलाई प्रमुख अथिति राख्ने/नराख्ने विषयमा एक शब्दपनि उच्चारण गर्नुभएको थिएन ।’ 

प्रदेशसभा सदस्य दासले समाजिक संजालमा दलित भएकै कारण प्रमुख अतिथिबाट हटाउन लगाएको र आफुलाई जातीय विभेद गरेको कुरामा कुनै सत्यता नरहेको विसुन्केले बताए । कार्यक्रम संचालकबाट भएको त्रुटीले सृजना भएको प्रस्थितिको सन्दर्भमा क्षमा पनि विसुन्केले सोही दिन विज्ञप्ती जारी गरी मागेका छन् ।

तर, प्रदेश सभा सदस्य झन उग्र भएर मधेस प्रदेशको सदनमै मेयर महेश चौधरीमाथि झुठो आरोप लगाएर मन्तव्य दिएको छ । दासले लगाएको आरोपमा कुनै सत्यता नरहेको मेयर चौधरीले बताए ।

‘आफु सदैव महिला, दलित र विपन्न समुदायको लागि एक कदम अगाडी बढेर कार्य गर्दै आएको छु । उक्त समुदायहरु नै मेरो राजनीतिको जग रहेको छ,’मेयर चौधरीले भने,‘गलत मनसायका साथ प्रदेशसभा सदस्य दासले मलाई बदनाम गर्न लागेका छन् ।’ 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..