लागुऔषध कारोबारमा सशस्त्रका हवल्दार पक्राउ

कैलाली । कैलालीमा लागुऔषधसहित सशस्त्र प्रहरी बलका हवल्दारसहित दुईजना पक्राउ परेका छन् ।इलाका प्रहरी कार्यालय टीकापुरले शनिबार भारतीय सीमानाका तिकुनियाँबाट टीकापुरतर्फ आउँदै गरेका सशस्त्रका हवल्दार प्रेमसिंह सुनार र मोतिपुरका २६ वर्षीय सागर घिमिरेलाई पक्राउ गरेको हो ।


लम्कीचुहा नगरपालिका वडा नं. २ मोतिपुरका ३३ वर्षीय सुनार सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्भ गण हेडक्वार्टर बनबेहडा कैलालीमा कार्यरत रहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।प्रहरीका अनुसार सुनारले ९१० मिलिग्राम र घिमिरेले २ ग्राम १७० मिलिग्राम खैरो हिरोइन मलद्धारमा लुकाई छिपाई ल्याउँदै गर्दा पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बलको आइडी नम्बर ४३७३० रहेका सुनार बैशाख १४ गतेदेखि लागु हुने गरी १५ दिनको विदामा बसेको खुलेको छ ।उनीहरुलाई तिकुनियाँबाट लागुऔषध खैरो हिरोइन ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाको टोलीले पक्राउ गरेको हो ।

उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..