सशस्त्रका नायब उपरीक्षक पौडेलविरुद्धको जोहरी प्रहरीले दर्ता गर्न मानेन


काठमाडौं । सशस्त्र प्रहरी बलको काभ्रे गणका प्रहरी नायब उपरीक्षक पंकज पौडेलविरुद्धको जोहरी प्रहरीले दर्ता गर्न मानेको छैन ।भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटस्थित घर अगाडि छिमेकीसँग भएको जग्गा विवादमा सर्वोच्च अदालतले ‘स्टेअर्डर’ दिएको थियो ।

त्यसपछि पनि छिमेकीसँग विवाद गरेर धम्की दिने गरेको आरोप पौडेलविरुद्ध लागेको छ ।शुक्रबार घरमा सशस्त्र प्रहरीका केही सादा पोशाकका कर्मचारी समेत ल्याएर आफूहरुको परिवारविरुद्ध कुटपिट गरेको छिमेकी कृष्णभक्त श्रेष्ठको आरोप छ ।

कुटपिटबाट श्रेष्ठ, उनकी पत्नी, जेठा छोरा किरण र कान्छा छोरा शरण घाइते भएका छन् ।कुटपिट भएपछि श्रेष्ठ परिवारले नेपाल प्रहरीलाई खबर गरेको थियो । प्रहरीले उनीहरुलाई उद्दार गरेर भक्तपुर इन्टरनेश्नल अस्पताल, लोकन्थली भर्ना गरेको श्रेष्ठ बताउँछन् । अस्पतालमा उनीहरुको उपचार जारी छ ।

घटनापछि श्रेष्ठको परिवार जाहेरी दिन जिल्ला प्रहरी परिसर, भक्तपुर पुगेपनि प्रहरीले जाहेरी दर्ता गर्न नमानेको कानून व्यवसायी नवराज तिम्सिनाले बताए । उनले भने, ‘कुटपिट भएपछि उहाँले बोलाउनु भएको थियो, जाहेरी दिन जाँदा प्रहरीले आलटाल गर्यो ।’पछि आफूहरुलाई ढिला गरी प्रहरी वृत्त, ठिमी पठाइएपनि जाहेरी दर्ता नगरी फर्काइदिएको उनले बताए ।


डीएसपी पौडेलविरुद्ध सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा समेत पटकपटक उजुरी पर्ने गरेको छ । उनी लामो समयदेखि भक्तपुर र काभ्रेमा कार्यरत रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..