जनताले नचाहेका खनाल र खरेल


काठमाडौं । दुई पटकसम्म चुनावी प्रतिस्पर्धामा सहभागी भएका दुई प्रहरीको सपना यस पटक सफल हुन सकेन। पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र प्रहरी नायव महानिरीक्षक रमेश खरेल पछिल्लो ६ महिनामा दुई पटकसम्म चुनावी प्रतिस्पर्धामा थिए। प्रहरी सेवामा सेलिब्रिटी छवी बनाएका दुई प्रहरीको सांसद बन्ने सपना जनताले चाहेनन् ।


दुवै निर्वाचनमा टिकट पाएका रिटायर्ड प्रहरी अधिकृत खनाल र खरेल जनमतका हिसाबले प्रतिस्पर्धी समेत बन्ने हैसियतमा पनि देखिएन। खनाल र खरेल दुवैले उपनिर्वाचनमा पराजय खेपे । गत मंसिरमा भएको आम निर्वाचन र बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा दुवै मैदानमा थिए। प्रहरी सेवामा छिरेका खरेल र खनालको राजनीतिको सुरुवाती यात्रा प्रत्युत्पादक रह्यो। सर्वेन्द्र खनाल प्रहरी सङ्गठनको प्रमुख नै बने। प्रमुख आफूले नपाएकोमा खरेलले डीआईजी पदबाट राजीनामा दिएर राजनीतिक दल खोले ।


खनालले सेवाबाट निवृत्त भएको एक वर्ष हुन नपाउँदै नेकपा (एमाले)सँग जोडिए। सांसद अपहरणमा खनाल जोडिए । दुई वर्षअघि समाजवादी पार्टी फुटाउन पूर्व मन्त्रीसमेत रहेका सांसद सुरेन्द्र यादवको राजनीतिक अपहरणमा सर्वेन्द्र मुछिएका हुन् । गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा एमालेले काठमाडौं क्षेत्र नम्बर ६ बाट खनाललाई उम्मेदवार बनायो। एमाले अध्यक्ष केपी ओलीले पत्याएका खनाललाई जनताले भने हराए।

तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएसँगै त्यहाँ एमालेका नेता हुँदाहुँदै पनि पूर्व प्रहरी प्रमुख खनाललाई उम्मेदवार बनायो ।दोस्रो पटक पनि खनाल सफल हुन सकेनन्। उनले ८ हजार ४ सय ८८ मत ल्याए।


मुलुकभर दुई निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलेभन्दा निक्कै बढी मतान्तरले जित निकाल्दा रमेश खरेलको असफल रहे। उनी चौथो स्थानका लागि संघर्षरत रहे।बारा क्षेत्र नम्बर २ पूर्व डीआइजी खरेल असफल रहे। प्रहरीमा नेतृत्व लिँदा बारामा रमेशको क्रेजलाई मतदाताले भने पत्याएनन्।गत मंसिरमा काठमाडौं क्षेत्र नम्बर १ बाट खरेलले उम्मेदवारी दिएका थिए।

सुशासन पार्टीबाट उम्मेदवार बनेका खरेलले त्यतिखेर ३ हजार १ सय २४ मत ल्याए र पाँचौं स्थान पाएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..