छात्रालाई यौनजन्य सामाग्री पठाउने शिक्षक पक्राउ

धनगढी । कैलालीको धनगढीमा छ एउटा एसपिए कलेज । एसपिए अर्थात सुदूरपश्चिमाञ्चल कलेज । प्राप्त सूचनाअनुसार कलेजका एक शिक्षकले केही समयदेखि छात्राहरुलाई यौनजन्य सामाग्रीहरु सामाजिक सञ्जालबाट पठाएर हैरान पारिरहेका थिए ।


शिक्षकको त्यस्तो हर्कत थाहा पाएपछि कलेज प्रशासनले माफी मगाउने प्रयास गर्यो । तर शिक्षकले आफूबाट कुनै गल्ति नै नभएको अडान लिए ।त्यसपछि विद्यार्थीहरुले नै शिक्षकमाथि कुटपिट गर्न तम्सिए । स्थिति तनावग्रस्त भएपछि प्रहरी आयो र शिक्षकलाई विद्यार्थीको कुटपिटबाट जोगायो ।


सुरक्षाकर्मीको घेरामा दौडिदै प्रहरी भ्यानतर्फ हस्याङफस्याङ गर्दै ज्यान जोगाउँदै गरेका बीचका यी व्यक्ति हुन् – धनगढीको एसपिए कलेजका शिक्षक चेतराज भट्ट ।
शिक्षकको हातमा हतकडी लागेको छ । उनको ज्यानको सुरक्षा गर्न प्रहरीले घेरा हालेका छन् । आफ्नै विद्यार्थीबाट ज्यान जोगाउन भट्टलाई यतिबेला हम्मेहम्मे परेको छ ।शिक्षक चेतराज भट्टमाथि छात्राहरुको संगीन आरोप छ कि उनले यौनजन्य सामाग्रीहरु सामाजिक सञ्जालबाट पठाए । यौन व्यवहारका लागि प्रस्ताव गरे र अन्य प्रकारका यौन उत्पिडन गरे ।


धनगढीमा रहेको सुदुरपश्चिमाञ्चलन कलेज –एसपीएमा भट्ट कार्यविधि कानुन विषय पढाउने गर्छन् ।कलेजले आशिंक शिक्षकका रुपमा उनलाई नियुक्त गरेको थियो । उनीको अध्यापन शैली के कस्तो थियो, त्यो खुलिसकेको छैन, तर छात्राहरुमाथिको यौन दूव्र्यवहार चाहिँ प्रकट भइसकेको छ ।


विद्यार्थीको सम्भावित आक्रमणबाट जोगाएर प्रहरीले शिक्षक भट्टलाई भ्यानमा राख्ने बित्तिकै एक विद्यार्थीले भ्यानको झ्यालबाटै शिक्षकमाथि कुटपिट गर्न खोजेको यो दृश्यले पनि एसपिए कलेजको यो मामिला उजागर गरेको छ ।


शिक्षक भट्टलाई प्रहरीले नियन्त्रणमा लिएपछि हामीले छात्राहरुको पीडा पनि सुनेका छौं । छात्राहरु सामाजिक प्रतिष्ठामा आँच आउन सक्ने भन्दै त्रसित छन् । पीडित छात्राहरुको पहिचान गोप्य राखिने भनेर हामीले आश्वास्त पार्दा पनि उनीहरुले खिचिएको भिडियो मेटाइ दिन आग्रह गरे ।


उनीहरुले शिक्षक भट्टले लामो समयदेखि गरिरहेको हर्कत चाहिँ बताएका छन् । प्रहरी र अदालतमा पनि शिक्षकका कर्मबारे सबै बयान दिने उनीहरुले हामीलाई जानकारी दिए ।
यो मामिला कलेज प्रशासनसमक्ष पुगेपछि शिक्षकलाई छात्राहरुसँग माफी माग्न भनिएको थियो ।तर पीडकले आफूमाथिका आरोप अस्वीकार गरेर माफी माग्न अटेर गरेका थिए । स्रोतका अनुसार कलेजले यो मामिला भित्रभित्रै मिलाउने प्रयास गरेको थियो । तर त्यो सफल नभएपछि विद्यार्थीले प्रहरी गुहारे ।


घटना सार्वजनिक भएपछि क्याम्पस प्रशासनले आरोपी शिक्षकलाई निलम्वन गरिसकेको छ । सामेबारदेखि नै प्रहरी हिरासतमा रहेका शिक्षक भट्टविरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी परेको छ ।


बाल यौन दूव्र्यवहार मुद्दामा अनुसन्धान अघि बढाइएको जिप्रका कैलालीले जानकारी दिएको छ ।आरोपी शिक्षक भट्ट एसपिएका आंशिक प्राध्यापकका रुपमा कार्यरत थिए । स्रोतका अनुसार उनी अन्यत्र पनि अध्यापन गराउँथे । तर उनको व्यवहार अन्य कलेजमा पनि विवादित नै रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..