रविसहितको समूह नाराबाजी गर्दै मतदान केन्द्र प्रवेश गरेपछि तनाव

चितवन । चितवनको नवकिरण कमलकुसुम माध्यमिक विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच विवाद हुँदा मतदान प्रभावित भएको छ ।मतदान केन्द्रमा रास्वपाका उम्मेदवार रवि लामिछानेसहित उनका कार्यकर्ताहरु नाराबाजी गर्दै प्रवेश गरेपछि गठनबन्धन र एमालेका नेता कार्यकर्ताले विरोध गरेका थिए ।


दुवैपक्षबीच भानाभनसहित झडप हुने अवस्था आएपछि प्रहरीले भिड नियन्त्रण गर्न लाठी प्रहार गरेको छ ।
त्यसक्रममा एमालेका केही कार्यकर्ता पक्राउ समेत परेको जानकारी प्राप्त भएपनि प्रहरीले आधिकारिक जानकारी भने दिएको छैन ।


तनाब थप नबढोस् भनेर मतदान स्थल बाहिर नेपाली सेनाको टोली खटिएको छ । उता रास्वपाले भने बुथ अबलोकन गर्न जाँदा गुण्डाहरूले आक्रमण गरेको दावी गरेको छ । आक्रमणकारीहरुले मोबाइल पनि फुटाइदिएको रास्वपाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..