पञ्चपुरी नगरपालिका पूर्वप्रमुख र प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध ५० लाख रुपैयाँ बिगोसहितको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अन्य पालिकाहरूमा भएको कामको डुप्लिकेसन गरी पञ्चपुरी नगरपालिकाले नमुना समाज सुर्खेतका नाममा रकम भुक्तानी गरेको भन्दै अख्तियारले तत्कालीन प्रमुख तथा कर्मचारीहरूमाथि विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारको अनुसन्धान अनुसार उक्त पालिका प्रमुख उपेन्द्र बहादुर थापा र प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारीले नमुना समाज सुर्खेतसँग सम्झौता गरी लाखौं रकम हिनामिना भुक्तानी दिएको देखिएको छ । ती पालिकाहरूले बैठक र खरिद ऐनबिना नै रकम भुक्तानी दिएको अख्तियारको दाबी छ ।


जसअनुसार पञ्चपुरी नगरपालिकाका तत्कालीन नगरप्रमुख उपेन्द्र बहादुर थापा, पञ्चपुरी नगरपालिका नगरकार्यपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरी, पञ्चपुरी नगरपालिका नगर कार्यपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद देवकोटा, पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहन बहादुर बुढा, पञ्चपुरी नगरपालिकाका लेखापाल लक्ष्मीप्रसाद अधिकारी, नमुना समाज सुर्खेतका कार्यकारी निर्देशक लाल बहादुर जीएम भनिने लालबहादुर घर्ती मगर र नमुना समाजका अध्यक्ष भूमिसरा पुलामीविरुद्ध अख्तियारले ५० लाख बिगो दाबीसहितको मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..