१७ करोडबराबरको कोकिनसहित दुई भारतीय महिला पक्राउ

काठमाडौं । १७ करोडभन्दा बढी मूल्यबराबरको लागुऔषध कोकिनसहित दुई भारतीय महिला पक्राउ परेका छन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले बिहीबार पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा सरचिप मेजोरम ठेगाना भएकी ४५ वर्षकी भल्ला लामी र सोही स्थानकी २९ वर्षकी इस्टर लालिम्पुरी रहेका प्रहरीले जनाएको छ। भल्ला लामी त्रिभुवन विमानस्थल हुँदै नयाँ दिल्ली कोकिन लैजान लागेको अवस्थामा र लालिम्पुरी ठमेलस्थित होटेलबाट पक्राउ परेको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले जानकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले चैत्र १४ गते करिब सवा ११ बजे इन्डिगो एयरलाइन्सबाट त्रिभुवन विमानस्थल हुँदै नयाँ दिल्ली जान लागेको अवस्थामा भल्ला लामीले लगेजभित्र चारवटा लेडिज ब्यागमा फल्सबटम बनाई लुकाएको अवस्थामा २.८८७ केजी कोकिन फेला पारेको थियो।

त्यसैगरी, विशेष सूचनाको आधारमा सोही दिन करिब सवा ५ बजे ठमेलस्थित होटेलबाट लालिम्पुरीको सुटकेसभित्र फल्सबटम बनाई लुकाएको अवस्थामा ५ केजी कोकिन फेला परेको खनालले जानकारी दिए।

पक्राउ परेको ७.८८७ केजी कोकिनको बजारमूल्य १७ करोड ३ लाख ५१ हजार २ सय रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..