प्रधानमन्त्रीको सबै मन्त्रीहरुलाई फोन : तत्काल सिंहदरबार आउनु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै मन्त्रीहरुलाई सिंहदरबारमा बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले सबै मन्त्रीहरुलाई सचिवालयमार्फत् तत्काल सिंहदरवारमा आइपुग्न भनेका हुन् ।

शुक्रबार अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । त्यसअघि नै सबै मन्त्रीलाई सिंहदरबार बोलइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘मन्त्रिपरिषद् बैठकभन्दा अगाडि नै सबै मन्त्रीलाई बोलाइएको छ, तर विषय के भन्ने जानकारी आइसकेको छैन’, स्रोतले भन्यो ।

शुक्रबार अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकबाट नेपाल प्रहरीको नयाँ आईजी नियुक्त गर्ने तयारी गरेको छ ।

यस्तै, प्रधानमन्त्री प्रचण्ड केही दिन यता मन्त्रिमण्डल विस्तारको दौडधूपमा छन् । उनले यसअघि १० गतेभित्र मन्त्रिमण्डल विस्तार गर्ने बताएका थिए ।

सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा हाल भारतको भ्रमणमा छन् । उनी पनि मन्त्रिपरिषद् बैठकमा उपस्थित हुने गरी आउन लागेको बुझिएको छ । आज प्रधाननमन्त्री प्रचण्डले नयाँ मन्त्रहरु नियुक्त गर्न सक्ने सम्भावना बलियो छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..