एमाले संसदीय दलको बैठक सम्पन्न : प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ । आज (सोमबार) बसेको संसदीय दलको बैठकले यस्तो निर्णय लिएको हो । यसअघि एमालेकै समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

तर, २६ पुषमा कांग्रेसले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको र राष्ट्रपतिको निर्वाचनमा दाहालले कांग्रेसका रामचन्द्र पौडेललाई समर्थन गरेपछि एमाले सरकारबाट बाहिरिएको थियो ।

र, उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो । एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले आजै संसद्मा दोस्रो पटक विश्वासको मत लिँदैछन् । त्यसभन्दा अघि बसेको एमालेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..