काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहकै प्रस्तावअनुसार नेपाल प्रहरीका पाँच डिआइजी एआइजी बढुवामा सिफारिस भएका छन् ।

डीआईजीहरू क्रमश: वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको नाम सिफारिश गरिएको हो ।
यससँगै भावी आईजीपीको लाइनमा वसन्तकुँवर सबैभन्दा अगाडि देखिएका छन् ।



