होली पर्वलाई सभ्य र मर्यादित बनाउन सिराहा प्रहरीको अनुरोध

लहान । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्वलाई सभ्य र मर्यादित भई मनाउन जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) टेकुन्नद ईवा लिम्वुले अनुरोध गरेको छ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। यस वर्ष फागुन २२ गते पहाडी र २३ गते तराईका जिल्लामा होली पर्व मनाइँदैछ।

यस्ता छन् प्रहरीको अनुरोध

• होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थ्यकर र मर्यादित तवरले मनाऔं ।


• आत्मिय रुपमा नजिक भएका व्यक्ति वा आफन्तहरुसंग मात्र होली खेलौं ।


• होली पर्वको नाममा उश्रृङ्खल क्रियाकलाप नगरौं ।

अपरिचित मानिसहरुको समूहमा होली नखेलौं ।


• कसैको इच्छा विपरित रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहोर पानी नलगाऔ, नछ्यापौं । छाला तथा आँखामा असर गर्ने केमिकल रगंको प्रयोग नगरौं ।


• महङ्गा गरगहना लगाई होली खेल्ने ठाउँमा नजाऔँ । अपरिचित मानिसले दिएको कुनैपनि खानेकुरा नखाऔँ ।
• ट्राफिक नियमको पुर्ण रुपले पालना गरौं । आफू बचौँ र अरुलाई पनि बचाऔँ ।


• मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऔं ।


• अशक्त, महिला, बालबालिका, जेष्ठ नागरिक तथा पर्यटकलाई कुनै पनि प्रकारका दुर्व्यवहार नगरौं ।


• रेलिङ नभएको छत तथा सडकमा होली नखेलौं ।
• भिडभाड हुने स्थानमा पकेटमारी, लुटपाट तथा स्न्याचिङ जस्ता घटनाहरु हुने सम्भावना बढी हुने हुदाँ सावधान रहनुहोला ।


• कुनै पनि अपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तुरुन्त नेपाल प्रहरीको हट लाईन न. १०० , ९८५२८९०१०४ , प्रहरी संचार कक्षा ९८५२८९००४४ र कार्यालय प्रमुख ९८५२८५५५५५ मा फोन गरौं ।


• नियम विपरित कार्य गर्ने व्यक्ति उपर कानुन बमोजिम सजाय तथा जरिवाना हुने समेत जानकारी गराउदछौं ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..