राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवारलाई मत दिन मधावकुमार नेपालसँग ओलीको आग्रह

काठमाडौं । राष्ट्रपति निर्वाचनमा सहयोग गर्न नेकपा एमालेले नेकपा एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएको छ । नेता सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिएलगत्तै एमालेले एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएको हो ।

राष्ट्रपति निर्वाचनमा सहयोग माग्दै एमालेले १० पुसको सहमतिलाई पनि आधार बनाएको छ । तर १० पुसको सहमतिमा एकीकृत समाजवादी सहभागी थिएन । केही समय अघिसम्म एकीकृत समाजवादीलाई पार्टीको हैसियतमा मान्न तयार नभएको एमालेले अध्यक्ष नेपाललाई सम्वोधन गर्दै औपचारिक पत्र पठाएको हो ।

‘राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभाका माननीय सदस्यहरु मतदाता हुने यस निर्वाचनमा तपाईँको पार्टीका तर्फबाट माननीय सुवासचन्द्र नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अुनरोध गर्दछु,’ ओलीले नेपाललाई पठाएको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..